शुक्रबार, फाल्गुन १५, २०८२
Edit Template

प्रभु साह र ऋषि धमलाको उपस्थितिमा पोखरियामा राजनीतिक सभा, इस्तखारको विशेष सम्बोधन हुने

पोखरिया नगरपालिका स्थित पोखरिया बजारमा यही १६ गते शनिबार आम जनता पार्टी ले भव्य राजनीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने वरिष्ठ पत्रकार ऋषि धमलाको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इस्तखारले आफ्नो चुनावी एजेन्डा र प्राथमिकताहरू सार्वजनिक गर्नेछन्। उनले विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा युवाको सशक्त सहभागितालाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो योजनाबारे धारणा प्रस्तुत गर्ने बताइएको छ।

साथै, इस्तखारले आसन्न निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘मोबाइल’ छापमा मतदान गर्न मतदातासँग अपिल गर्ने कार्यक्रम रहेको छ।

समसामयिक राजनीति, राष्ट्रको भावी दिशा र स्थानीय विकासका विषयमा महत्वपूर्ण धारणा सार्वजनिक हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा नेता-कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको सहभागिता रहने आयोजकको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू