नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ।
निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५–१५ रुपैयाँ बढाउने निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र निगमको घाटा चुलिएको भन्दै पछिल्लो समय लगातार मूल्य समायोजन भइरहेको छ।
यसअघि गत ११ चैतमा मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बढाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





