सोमबार, बैशाख ७, २०८३
Edit Template

मालपोत कार्यालय पोखरियामा विचौलियाको जालो, सेवाग्राही हैरान

शैलेश गुप्ता 27 चैत्र पोखरिया

पर्सा — मालपोत कार्यालय पोखरियामा कर्मचारीकै आडमा विचौलिया परिचालन गरिएको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार कार्यालयका प्रत्येक फाँट (फाट) मा नयाँ–नयाँ व्यक्तिहरूलाई कर्मचारीजस्तै प्रस्तुत गर्दै विचौलियाको राखिएको गुनासो बढ्दै गएको छ।

स्रोतको दाबी अनुसार मालपोत कार्यालयका प्रमुख रामजी साह तेली को सङ्कलनमा यस्ता विचौलियाहरू परिचालित भएको आरोप छ। ती व्यक्तिहरूले सेवाग्राहीलाई सिधै सेवा नदिई विभिन्न बहानामा अल्झाउने र पछि “छिटो काम गराइदिन्छौं” भन्दै अतिरिक्त रकम माग्ने गरेको बताइएको छ।
विशेषगरी जग्गा सम्बन्धी काम—नकल निकाल्ने, नामसारी, राजस्व तिर्ने जस्ता सेवामा सेवाग्राहीले हैरानी खेप्नुपरेको गुनासो छ। राजस्व सङ्कलनमा समेत फाँटहरूबाट विभिन्न शीर्षकमा लिने रकममा व्यापक हिनामिना भइरहेको आरोप स्थानीयले उठाएका छन्।
सेवाग्राहीहरूका अनुसार, “कार्यालयभित्र सिधै काम गर्न जाँदा ढिलासुस्ती हुन्छ, तर विचौलियामार्फत जाँदा छिट्टै काम हुन्छ,” जसले प्रणालीमै समस्या रहेको संकेत गर्दछ।
यस विषयमा सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्दै गएको छ। अन्यथा यस्ता गतिविधिले सेवाप्रवाहमा अझै अव्यवस्था र जनविश्वासमा गिरावट आउने चिन्ता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू