सोमबार, बैशाख ७, २०८३
Edit Template

बिरामी भेट्न गङ्गालाल पुगे सांसद शाक्य, स्वास्थ्य बिमा सेवा बन्दबारे संसदमा आवाज उठाउने प्रतिबद्धता

काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर शाक्यले काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सञ्चारकर्मी शैलेश गुप्ताको आमालाई भेटघाट गरेका छन्।
आज अस्पताल पुगेका सांसद शाक्यले बिरामीको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। उनले बिरामीका आफन्तसँग समेत भेट गरी आवश्यक हौसला प्रदान गरेका थिए।
भेटका क्रममा सांसद शाक्यले अस्पतालमा हाल स्वास्थ्य बिमा सेवा बन्द रहेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे। उनले यस्तो महत्वपूर्ण सेवा बन्द हुँदा बिरामी र उनीहरूको परिवारलाई आर्थिक रूपमा ठूलो समस्या परेको बताउँदै यस विषयलाई गम्भीर रूपमा लिएको बताए।
सांसद शाक्यले स्वास्थ्य बिमा सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने र संसद अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या समितिमा यस विषयमा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशील हुनुपर्ने धारणा राखे।
सञ्चारकर्मी शैलेश गुप्ताको परिवारले सांसद शाक्यको उपस्थितिप्रति आभार व्यक्त गरेका छन्। साथै सञ्चारकर्मी गुप्ताले अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द रहेको जानकारी गराएपछि सांसद शाक्यले सो सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू