बिहीबार, जेष्ठ २१, २०८३
Edit Template

ह्युमन लव च्यारिटी फण्डद्वारा मिलन समारोह सम्पन्न

दिपेन्द्र चौधरी सहनी

पर्सा । सामाजिक सेवा र मानवीय सहयोगमा सक्रिय Human Love Charity Fund ले आज बीरगंजस्थित मानव सेवा आश्रम मा “मिलन समारोह” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम डा. एम.डी. इमरान अहमद को अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा देवेश गुप्ता तथा विशिष्ट अतिथिका रूपमा निजामुद्दिन समानी (अध्यक्ष, लायन्स क्लब पोखरिया), शिक्षा प्रेमी सलाउद्दिन अहमद, शिक्षक सरोज पटेल, ताहिर अंसारी, सोहायर अंसारी, तथा मनौवर अहमद (वडा अध्यक्ष, धोबिनी गाउँपालिका) को उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष म. रेयाज हुसैन ले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष दिपेन्द्र चौधरी सहनी ले व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेल समेत उपस्थित थिए।

मन्तव्यका क्रममा निजामुद्दिन समानी ले संस्थाको कार्यको प्रशंसा गर्दै लायन्स क्लब पोखरिया सँग सहकार्य गरेर अघि बढ्न सकिने धारणा व्यक्त गरे।

त्यसैगरी देवेश गुप्ता ले ग्रामिण भेगका विद्यालयहरूमा निशुल्क मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

यस अवसरमा Human Love Charity Fund ले मानव सेवा आश्रममा रहेका सम्पूर्ण व्यक्तिहरूलाई खाजा वितरण समेत गरेको थियो।

वक्ताहरूले संस्थाले समाजमा मानव सेवा, सहयोग र एकताको भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू
🕒 भर्खरै