बिहीबार, जेष्ठ २१, २०८३
Edit Template

नेपाल कमर्स एसोसिएसनद्वारा मेघा कलेजमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल कमर्स एसोसिएसन द्वारा आयोजित द्विदिनीय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन मेघा कलेज मा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा व्यापार, व्यवस्थापन, अनुसन्धान तथा शैक्षिक नेतृत्वसँग सम्बन्धित समसामयिक विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनको समापन समारोहमा शिक्षा, अनुसन्धान तथा संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्‍याएका चार प्रतिष्ठित व्यक्तित्वलाई मानार्थ लाइफ मेम्बरको हकदारी प्रदान गर्नुका साथै सम्मानस्वरूप होनोरियम समेत प्रदान गरिएको थियो।

सम्मानित हुने व्यक्तित्वहरूमा प्रोफेसर डा. अन्जय कुमार मिश्र, प्रोफेसर डा. अशोक झा, प्रोफेसर डा. दिलीप पराजुली तथा डा. घनश्याम साह रहेका छन्।

सम्मेलनमा बोल्दै आयोजकहरूले शिक्षा र अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, सम्मानित व्यक्तित्वहरूको योगदानले नयाँ पुस्ताका शिक्षक, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

प्रोफेसर डा. अन्जय कुमार मिश्रलाई व्यवस्थापन शास्त्रमा उच्च अनुसन्धान र शैक्षिक योगदानका लागि सम्मान गरिएको हो। उहाँले D.Litt. उपाधिसहित २५ भन्दा बढी प्रतिलिपि–अधिकार, १६ भन्दा बढी पेटेन्ट, ४००० भन्दा बढी उद्धरण तथा ४०० भन्दा बढी शैक्षिक प्रकाशनमार्फत व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको बताइएको छ।

त्यसैगरी, प्रोफेसर डा. अशोक झालाई विद्यार्थी–केन्द्रित शिक्षण पद्धति तथा युवा प्रतिभा विकासमा खेलेको भूमिकाका लागि सम्मान गरिएको हो। प्रोफेसर डा. दिलीप पराजुलीलाई व्यवसायिक शिक्षा र व्यावहारिक अभ्यासबीचको सम्बन्ध सुदृढ बनाउन पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको जनाइएको छ।

मेघा कलेजका प्रिन्सिपल डा. घनश्याम साहलाई संस्थागत विकास, गुणस्तरीय शिक्षा र विद्यार्थी कल्याणमा उल्लेखनीय नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

नेपाल कमर्स एसोसिएसनले यस्ता सम्मानमार्फत शिक्षा, अनुसन्धान र व्यावसायिक नेतृत्वमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने तथा आगामी पुस्तालाई प्रेरित गर्ने उद्देश्य रहेको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू
🕒 भर्खरै