मंगलवार, बैशाख ८, २०८३
Edit Template

कालिकामाई गाउँपालिकामा आज बार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

राजन कुमार बानिया । मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत उतर प्रसुती स्याहार घर भेट बार्षिक समिक्षा तथा कार्ययोजना त्यारी गोष्ठी अाज पर्साको कालिकामाई गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखाको अायोजनामा यस पालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाहरुमा PNC सेवा प्रदान गर्दा अाई परेका समस्याको समाधान बारे छलफल गरियो।

त्यस्तै यस चालु अाव २०८०/८१ मा यस पालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाहरुमा PNC सेवा प्रदान गर्दा अाई परेका समस्याको समधाना बारे छलफल गरियो छ।त्यस्तै यस चालु अाव २०८१/८२ को फागुन सम्म PNC संचालन निर्देशिका अनुसारको अनुसुचीहरु त्यार गरी स्लाईड मार्फत सबै स्वास्थ्य संस्थाहरु प्रस्तुत गरेका थिए।

जस बाट PNC को सेवामा थप सुधारका कुराहरु स्वास्थ्य कार्यालय पर्साका प,हे,न अधिकृत मिरा यादवले सहजिकरण गर्नु भएको थियोे ।

यस समिक्षा बाट राम्रो प्रगती हरु देखिएको छ। अधिकृत यादवले प्रोजेक्टरको माध्यम बाट PNC समबन्धीको बारे बिषेश जानकारी गराउनु भएको थियो । कार्यक्रम मा PNC सेवा प्रदायक कर्मचारी हरुलाई स्वास्थ्य शाखा बाट ब्याग,बिपी सेट,सर्जिकल सेट,टर्च लाईट,उचाई नापने ईन्ची टेप,छाता , PNC जोब सेट, बितरण गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया,स्वास्थ्य कार्यालय पर्सा डको पब्लिक हेल्थ नर्स अधिकृत मिरा यादव, स्वास्थ्य चौकीका प्रमुख जगदिश महतो,निरंजन चौरसिया,रामेश्वर कोईरी,महेन्द्र चौरसिया,सन्त प्रसाद चौरसिया, सहित पाचै वडाका स्वास्थ्य संस्था बाट २ जना नर्सिङ कर्मचारी हरुको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of राजन बानियाँ

राजन बानियाँ

राजन बानियाँ पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उहाँ पत्रकारितामा दीर्घकालीन अनुभवका साथ समाजका संवेदनशील मुद्दाहरू उजागर गर्नुहुन्छ।
Picture of राजन बानियाँ

राजन बानियाँ

राजन बानियाँ पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उहाँ पत्रकारितामा दीर्घकालीन अनुभवका साथ समाजका संवेदनशील मुद्दाहरू उजागर गर्नुहुन्छ।
🔗 सम्बन्धित पोस्टहरू