सोमबार, बैशाख ७, २०८३
Edit Template

बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गर्ने चेतावनी : मन्त्री घिसिङ

Kulman Ghising

काठमाडौं, असोज १५ – यातायात तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले तोकिएको दरभन्दा बढी भाडा असुल्ने व्यवसायीमाथि तुरुन्तै कारबाही हुने चेतावनी दिएका छन्।

चाडबाडको अवसरलाई नाफा कमाउने माध्यम नबनाउन आग्रह गर्दै उनले यात्रुहरूलाई पनि बढी भाडा असुलिएको वा टिकट कालोबजारी भएको खण्डमा तत्काल स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई जानकारी दिन आग्रह गरे।

मन्त्री घिसिङले भने, “स्वीकृत भाडादरभन्दा बढी असुल्नु कानुनविपरीत कार्य हो। यस्तो गतिविधि गर्ने व्यवसायीमाथि कडाभन्दा कडा कारबाही हुन्छ।”

उनले यात्रुलाई अनावश्यक दुःख नदिन र चाडबाडलाई सहज बनाउन यातायात व्यवसायीहरूलाई जिम्मेवार बन्नु पर्नेमा जोड दिए।

सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “चाडबाडलाई अवसर बनाएर यात्रुलाई ठग्ने, टिकटमा कालोबजारी गर्ने वा अतिरिक्त भाडा असुल्ने कार्य तुरुन्तै बन्द गर्न निर्देशन दिइएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू