सोमबार, बैशाख ७, २०८३
Edit Template

विवादित प्रमुख प्रशासकीय अधिकृत राजकुस्वाहा पुनः विवादमा।

शैलेश गुप्ता 21 चैत पोखरिया

पर्सा — विभिन्न गाउँपालिकामा कार्यरत रहँदा पटक–पटक विवादमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत राजकुस्वाहा पुनः विवादमा परेका छन्। हाल उनी कालिकामाई गाउँपालिका मा कार्यरत छन्।
स्थानीय स्रोतका अनुसार, राजकुस्वाहाको कार्यशैलीका कारण गाउँपालिकामा बारम्बार विवाद उत्पन्न हुने गरेको छ। उनी केही समयअघि जिराभवानी गाउँपालिका मा कार्यरत रहँदा पत्रकारहरूसँग विवादमा परेका थिए। उक्त विवाद जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहालसँगको छलफलपछि समाधान गरिएको थियो।
सो घटनापछि उनलाई जिराभवानी गाउँपालिकाबाट कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो। तर, नयाँ स्थानमा समेत उनको व्यवहारमा सुधार नआएको स्थानीयहरूले गुनासो गरेका छन्।
कालिकामाई गाउँपालिकामा कार्यरत रहँदा पनि उनी युवाहरूसँग बारम्बार विवादमा आउने गरेका छन्। स्थानीय युवाहरूका अनुसार, उनी प्रायः कार्यालयमा नियमित रूपमा नबस्ने र आफ्नो शक्ति तथा पहुँचको आडमा बाहिरै बसेर कामकाज गर्ने गरेका छन्।
युवाहरूले सूचना माग्दा पनि आलटाल हुने गरेको आरोप लगाएका छन्। उनी नागरिकलाई सूचित हुने अधिकारबाट वञ्चित गर्ने गरेको आरोप छ।
स्थानीयहरूले दुई तिहाईले बनेको वर्तमान सरकारको ध्यानाकर्षण गराउन खोजेका छन्। पर्सा जिल्लामा उनलाई “तानाशाह हाकिम”को रूपमा चिनिएको छ। स्थानीय युवाहरूले उनका सम्पत्ति र कार्यशैलीको आवश्यक छानबिन हुनुपर्ने माग गरेका छन्।
विशेषज्ञहरूका अनुसार, प्रशासनिक अधिकृतको व्यवहार र पारदर्शिता नहुँदा स्थानीय विकास कार्यमा असर पर्न सक्छ। नागरिकको सशक्त सहभागिता र सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नु अत्यन्त जरुरी छ।
यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयहरूले आवश्यक छानबिन र कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
1
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू