सोमबार, बैशाख ७, २०८३
Edit Template

कुर्मी सशक्तीकरण मंच पोखरिया नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न

शैलेश गुप्ता 21चैत पोखरिया

पर्सा, पोखरिया — कुर्मी सशक्तीकरण मंच पोखरिया नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्ष पदमा इन्द्रदेव कुर्मी चयन भएका छन्।
नव निर्वाचित अध्यक्ष कुर्मी सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई अझ सशक्त बनाउने विश्वास लिएको छ।
स्थानीय अगुवाहरूले नवनिर्वाचित कार्यसमितिले समुदायको हकहित र सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। साथै, आगामी कार्यकाल सफल र प्रभावकारी बनाउने शुभकामना समेत दिइएको छ।
अधिवेशनमा सहभागीहरूले संगठनलाई एकजुट बनाउँदै सामाजिक, शैक्षिक तथा आर्थिक उत्थानका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू