शैलेश गुप्ता 23 चैत्र पोखरिया
पर्सा — पर्साको पोखरिया नगरपालिकामा रुखका बिरुवा खरिद तथा वितरण सम्बन्धी कार्यमा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ। उक्त प्रकरणमा ठेकेदार दिपेन्द्र यादवको नाम प्रत्यक्ष रूपमा जोडिएको छ। स्थानीय स्रोतहरूका अनुसार यादवले करोडौँ रुपैयाँ बराबरको कोटेशनमार्फत बिरुवा खरिद तथा वितरणको जिम्मा लिँदै आएका छन्।
स्रोतका अनुसार यादवले खरिद गर्ने अधिकांश बिरुवा कमसल तथा गुणस्तरहीन हुने गरेको आरोप छ। विशेषगरी पोखरिया नगरपालिकाका विविभिन्न वडाहरूमा वितरणका लागि ल्याइएका बिरुवा अत्यन्तै कमजोर र गणस्नतरहिन खालका रहेको भन्दै स्थानीय बासिन्दाले विरूवा लिन अस्वीकार गरेका थिए।
उक्त बिरुवा केही दिनसम्म केही वडाको कार्यालयमै थन्काएर राखिएको र पछि ठेकेदार यादवले आफैं कमिशन दिने पैसा र पावरको भरमा रकम निकासी हुनबाट कसैले रोक्दैन अटेर गर्दै सो सुकेका विरूवामा ठेकेदार यादवले आफै आगो लगाएर जलाएका थिए । स्थानीयहरूले उक्त घटनाको तस्वीर खिचेर प्रमाणका रूपमा सुरक्षित राखेको दाबी गरेका छन्। जलाइएको विरूवाको रकम निकासा गराउन ठेकेदारले निरन्तर भुक्तानीका लागि वडा कार्यालयदेखि नगरपालिकाको जिन्सी शाखा देखी लेखापाल कहा पटक–पटक धाउने गरेको स्रोतले जनायको छ। त्यस समयमा जिन्सी शाखा प्रमुख मनोज साह, सहायक सन्दीप साह तथा लेखा शाखा प्रमुख मन्दीप महतोले कागजात अपूरो र काम सन्तोषजनक नभएको भन्दै भुक्तानी रोकिदिएको स्रोतको दाबी छ।
तर, पछि मन्दीप महतोको सरुवा भएपछि आन्तरिक लेखा परीक्षकमा कार्यरत रहेका रामवीर चौरसियाले जिन्सी तथा लेखा साखा दुवैको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि करिब ९० दिनभित्रै विवादित रूपमा केही रकम निकासा भएको आरोप लागेको छ। स्रोतका अनुसार ठेकेदार यादवले चौरसियालाई घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराई प्रलोभनमा पारी भुक्तानी गराएको दाबी गरिएको छ।
यसैबीच, केही वडाहरूमा बिरुवा वितरण नभएको देखिए पनि धेरै स्थानमा वास्तविक रूपमा बिरुवा नपुगेको र वडा कार्यालयहरूसँगको मिलेमतोमा नक्कली कागजात तयार पारेर रकम निकासा गरिएको जानकारी प्राप्त भएको छ ।
कतिपय वडामा विरूवा वितरण सम्पन्न भनिएको फर्जी भुक्तानीसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडामा उजुरी तथा मुद्दा दर्ता भएको स्रोतले जनाएको छ।
स्थानीयवासीका अनुसार तत्कालीन जिन्सी प्रमुख मनोज साह, सहायक सन्दीप साह र लेखा प्रमुख मन्दीप महतोले आ–आफ्नो जिम्मेवारी सम्हाल्दा उक्त फाइल अघि नबढाएको बताइएको छ। लेखापाल रामवीर चौरसियाले आफैं जिन्सी साखा र लेखा साखा प्रमुखको जिम्मेवारी सम्भाले पस्चात धमाधम.केही रकम अनियमित रुपमा निकासा गरेका छन र सोही भुक्तानी गरेकोले लेखापाल रामवीर चौरसियाको जिम्मेवारी नगर प्रमुखले उनलाई दिएको जिम्मेवारी परिवर्तन गर्ने मनसाय वनाएको जानकारी प्राप्त भएको छ ।
यस प्रकरणले चौरसियाको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी कहा कहा विरूवा वितरण भयको छ । प्रत्येक ठाउँको अनुगमन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।





