मंगलवार, श्रावण १२, २०८३
Edit Template

२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटिने

चितवन राष्ट्रिय निकुञ्जले २५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिएर बेहोश बनाएपछि दाह्रा छोटो बनाउने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार दुई वर्षअघि पनि ध्रुवेको दाह्रा काटिएको थियो। यसपटक पुरानो रेडियो कलर प्रभावकारी नभएकाले नयाँ उपकरण जडान गरिनेछ।

गत शनिबार भरतपुर–२३ मा ध्रुवे हात्तीको आक्रमणबाट २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीमाथि निगरानी बढाएको हो।

ध्रुवेले यसअघि पनि विभिन्न समयमा २५ जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्यांक छ। नयाँ रेडियो कलर जडान भएपछि हात्ती बस्ती नजिक पुगेको जानकारी समयमै प्राप्त हुने र स्थानीयलाई सतर्क गराउन सहज हुने निकुञ्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू