मंगलवार, भाद्र ३०, २०८३
Edit Template

पूर्वमन्त्री शाहद्वारा कपिलवस्तु विकासका लागि योजना माग

कपिलवस्तु, अषाढ, ११ अजय मिश्र

नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री तथा संविधानसभा सदस्य अकबाल अहमद शाहले कपिलवस्तुको समग्र विकासका लागि संघीय सरकारसँग विभिन्न योजना माग गर्नुभएको छ ।

नेकपा एमाले नेता समेत रहेका पुर्व मन्त्री शाहले कपिलवस्तुको स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, भौतिक पूर्वाधार तथा सिंचाइ विकासलाई प्राथमिकता दिँदै सम्बन्धित मन्त्रालयसँग पहल गर्नुभएको छ ।

उहाँले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकासँग भेट गर्दै कपिलवस्तुमा सिंचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणका लागि माग गर्नुभएको हो ।

शाहले कृष्णनगर नगरपालिका-१ स्थित सुरही नदीले गरेको कटान रोकथाम तथा कृष्णनगर-१२ को नारायणडिहवा क्षेत्रमा चरगहवा नदीमा टटबन्ध निर्माणको लागि बजेट बिनियोजन गर्न माग गर्नु भएको छ ।

नदि कटानले कपिलवस्तुको खेतीयोग्य जमिन काटन गरेकाले योजना माग गरेको बताउनु भयो  ।

त्यसैगरी शाहले कृष्णनगर नगरपालिकाको औरहवा क्षेत्रमा सुरही नदी नियन्त्रण तथा विजयनगर गाउँपालिकाको ठकुरापुर कटुवा, गेडुवाजोतस्थित चिरही नदीमा टटबन्ध निर्माणका लागि योजनाको माग गर्नुभयो ।

विजयनगर गाउँपालिकाको वडा नं ३ पत्थरदेइया र वडा नम्बर ४ को वरगदवामा कुनै पनि सिँचाइ सुबिधा नभएकोले सिँचाइका लागि ट्युबवेल वा डिपबोरिङको व्यवस्थापन गरिदिनुहुन सिँचाई मन्त्री खडकासँग पुर्वमन्त्री शाहले माग गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खडकाले कपिलवस्तुको विकासमा सरकार प्रतिबद्ध रहेको बताउँदै नदी कटान नियन्त्रणका लागि विशेष ध्यान दिने आश्वासन दिनुभयो ।

साथै केही दिनभित्रै कपिलवस्तु क्षेत्रको अनुगमन गर्न समय मिलाउने जानकारी दिँदै पूर्वमन्त्री शाहलाई विकासको पहलका लागि धन्यवाद ज्ञापन गर्नुभयोl

साथै पूर्व मंत्री शाहले विषयः आ.व. ०८२-८३ मा कार्यक्रम समावेश गरी बजेट हरू कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ४ जरिदशपुर चोक देखी उत्तर तर्फ मदरसा पोखरी हुदै डगडवा छिटई दिहवा हुदै मुस्तफा मुसल्मानको घरसम्म बटो तथा ढल निर्माण २ करोड ५० लाख, कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ३ मलरसा हनफिया, रजविया विजयनगर गाउँपालिकामा मदरसा तथा भवन एवं छात्र वास निर्माण १ करोड ५० लाख, कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ७ दत्तत्पुरा क्षेत्रमा सामुदायिक भवन निर्माण २ करोड लगायतको बजेट विनियोजन गर्न समेत शहरी विकास मंत्रालय संग माग गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू